‘मेरो बोली सुन्दा’ म्युजिक भिडियोको फिमेल भर्सन सार्वजनिक
काठमाडाैं | असार ८, २०७९
काठमाण्डौँ : मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको सङ्गीत रहेको ‘मेरो बोली सुन्दा’ बोलको गीत एक दशकपछि महिला आवाजमा सार्वजनिक भएको छ । गीतमा रुपक डोटेलले स्वर दिनुभएको छ । गीत रिलिज भएको करिब एक दशकपछि महिला आवाजमा सार्वजनिक भएको हो । जसमा गायिका सुजाता केसीको स्वर छ ।
गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्कीबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ । सुजन श्रेष्ठले छायाङ्कन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गर्नुभएको हो ।
मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायिका केसीको आधिकारिक च्यानल ‘सुजाता केसी’ मार्फत सार्वजनिक भएको हो । यसअघि गायिका केसीको स्वरमा समावेश ‘बतास बनी’, ‘जाल बुन्यो माकुराले’, ‘कुरा सिधा छ’ लगायत थुप्रै गीत सार्वजनिक भइसकेका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

